जोतिलाल पंडित
वीरगञ्ज २२ ,जेठ | विश्व वातावरण दिवसको अवसरमा लर्निङ सपोर्ट इन्स्टिच्युटले वीरगञ्जका विभिन्न विद्यालयहरूमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न जातका ६० वटा बिरुवा वितरण गरिएको संस्थाका प्रबन्धक नितेश कुमार वर्णवालले जानकारी दिए।
बिरुवा वितरण अल्फाटेच एकेडेमी, सलोम सेकेन्डरी स्कुल, श्री माईस्थान विद्यापीठ मावि, श्री त्रिभुवन हनुमान मावि, त्रिजुद्ध मावि र वडा प्रहरी कार्यालय बिर्तामा गरिएको हो।
कार्यक्रम अन्तर्गत लर्निङ सपोट इन्स्टिच्युटका विद्यार्थीहरूले वीरगञ्जका ती विद्यालयहरूमा पुगेर बिरुवा रोपेका थिए। कार्यक्रमले बालबालिकामा वातावरणप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै हरियाली प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
