आज:  | Tue, 21, Apr, 2026

दक्ष फुटवेयरद्वारा खुद्रा व्यापारीलाई पुरस्कार, सरकारले उद्योगीलाई उठीबास लाउन खोज्योःअध्यक्ष गौतम

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०८२, आईतवार १४:१९ मा प्रकाशित (१0 महिना अघि)

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ६ माइस्थानस्थित दक्ष फुटवेयरले आफ्ना खुद्रा व्यपारीहरुलाई पुरस्कृत गरेको छ । वीरगंजको आदर्शनगरस्थित सरोवर पोर्टीको होटलमा आयोजिक पुरस्कार वितरण समारोहका बीचमा व्यवसायीहरुलाई विभिन्न उपहारद्वारा पुरस्कृत गरिएको हो ।

दक्ष फुटवेयरका सञ्चालक रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सरकारले उद्योगीलाई उठीबास लगाउन खोजेको बताए । आफु पनि चप्पलकै उत्पादनकर्ताको नाताले जुत्ता चप्पल व्यवसायीका समस्यालाई नजिकबाट बुझेको बताउँदै उनले व्यवसायीका समस्यालाई समाधान गर्न आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

यस्तै उनले एमआरपी अनिवार्य लगाएर सरकारले अवैध व्यपारलाई प्रश्रय दिइरहेको आरोप लगाए । यसबाट वैद्य व्यापार गर्ने व्यवसायी मारमा परेको उनको भनाई थियो । कार्यक्रममा बिक्रि गरेर लक्ष्य पूरा गरेका खुद्रा व्यवसायीहरुलाई एसी, फ्रिज, टिभी, टेबल फ्यान, लगायतका विभिन्न उपहारहरु प्रदान गरिएको दक्ष फुटवेयरका प्रमुख कार्यकारी अधिकृत राहुल जैसवालले जानकारी दिए ।

कार्यक्रममा रामनगिना प्रसाद कानु, भोला लामिछाने, आशिष वर्णवाल, चिनबाट समेत आएका प्रतिनीधि लगायतका विभिन्न कम्पनीका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती रहेको दक्ष फुटवेयरका युवराज जयसवालले बताए । कार्यक्रमको सहजीकरण सूर्य शुभचिन्तक र आराध्या श्रीवास्तवले गरेका थिए ।


सम्बन्धित खबरहरु