आज:  | Tue, 21, Apr, 2026

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०८२, आईतवार १२:०० मा प्रकाशित (१0 महिना अघि)

वीरगंज। आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा ३00 रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु