आज:  | Tue, 21, Apr, 2026

मदिरा, बियर, चुरोट र सुर्तीमा भन्सार महसुल वृद्धि हुने

Avatar photo दिशा निर्देश १६ जेष्ठ २०८२, बिहीबार १८:२३ मा प्रकाशित (१0 महिना अघि)

काठमाडौं — सरकारले मदिरा, बियर, चुरोट र सुर्तीमा लाग्ने भन्सार महसुल वृद्धि गर्ने भएको छ।

बुधबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूल्य अभिवृद्धि कर (VAT) र अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने जानकारी दिएका हुन्। यससँगै यी वस्तुहरूको मूल्यमा समेत वृद्धि हुने निश्चित छ।

बजेट सार्वजनिक हुनु अघि नै बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव देखिन थालेको छ। मूल्यवृद्धिको पूर्वानुमान गर्दै व्यापारीहरूले यस्ता वस्तुहरू बजारमा सीमित मात्रामा आपूर्ति गरिरहेका छन्।

सरकारले स्वास्थ्य र राजस्व दुबै दृष्टिकोणले यस्ता वस्तुहरूमाथिको कर वृद्धिलाई प्राथमिकतामा राखेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।


सम्बन्धित खबरहरु