आज:  | Tue, 21, Apr, 2026

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जेठ २० देखि २३ गतेसम्म

Avatar photo दिशा निर्देश १६ जेष्ठ २०८२, बिहीबार १८:१३ मा प्रकाशित (१0 महिना अघि)

काठमाडौं — प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल जेठ २० देखि २३ गतेसम्म हुने भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले चार दिनसम्म छलफल हुने जानकारी गराउँदै जेठ २०, २१, २२ र २३ गतेलाई छलफलका लागि तय गरिएको घोषणा गरे।

सभामुख घिमिरेले दलीय प्रतिनिधित्वको आधारमा भाग लिन चाहने सांसदहरूको नाम सम्बन्धित दलका पदाधिकारीहरूले बैठक सुरु हुनुभन्दा एक घण्टा अगावै संसद सचिवालयमा बुझाउन अनुरोध गरे।

बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ २३ गते दिने जानकारी सभामुख घिमिरेले बैठकमा गराएका हुन्।


सम्बन्धित खबरहरु