आज:  | Tue, 21, Apr, 2026

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा सुन २०० र चाँदी १० रुपैयाँले घट्यो

Avatar photo दिशा निर्देश १४ जेष्ठ २०८२, मंगलवार ११:५० मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज — सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै एक हजार ९९५ रुपैयाँमा झरेको छ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार ३५५ अमेरिकी डलरमा कारोबार भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित खबरहरु