आज:  | Tue, 21, Apr, 2026

राष्ट्रपति पौडेललाई अर्थमन्त्रीद्वारा आगामी बजेटबारे जानकारी

Avatar photo दिशा निर्देश १४ जेष्ठ २०८२, मंगलवार ११:०१ मा प्रकाशित (१0 महिना अघि)

वीरगंज, १३ जेठ — राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन्।

मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। सो अवसरमा उनले बजेटको रूपरेखा, प्राथमिकता र नीति सम्बन्धी विषयमा राष्ट्रपति समक्ष संक्षिप्त ब्रिफिङ प्रस्तुत गरेका थिए।

संविधानबमोजिम सरकारले यही जेठ १५ गते, बिहीबार, नयाँ आर्थिक वर्षका लागि बजेट संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। सोही सन्दर्भमा अर्थमन्त्रीले राष्ट्रपति समक्ष बजेटबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।


सम्बन्धित खबरहरु