आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट, चाँदी स्थिर

Avatar photo दिशा निर्देश १३ जेष्ठ २०८२, सोमबार १२:१८ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं, १२ जेठ। घरेलु बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कायम भएको हो।

अघिल्लो दिन आइतबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो। तर आजको गिरावटसँगै सुन पुनः १ लाख ९१ हजार १ सयमा झरेको हो।

यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमै स्थिर रहेको छ।


सम्बन्धित खबरहरु