आज:  | Tue, 21, Apr, 2026

राष्ट्र बैंकद्वारा सेयर धितो कर्जामा जोखिम भार घटाइयो, पूँजी बजारमैत्री नीतिको सङ्केत

Avatar photo दिशा निर्देश १३ जेष्ठ २०८२, सोमबार ०८:३२ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जामा लाग्दै आएको जोखिम भार घटाएको छ। अब ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको छ। यसअघि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशतमै झारिएको थियो।

राष्ट्र बैंकले २०७८ सालमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार वृद्धि गर्दै १५० प्रतिशत पुर्‍याएको थियो। नयाँ समीक्षाबाट भने पूँजी बजारमैत्री र कर्जा प्रवाहमैत्री नीतिको सङ्केत मिलेको विश्लेषण गरिएको छ। यसले बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार क्षमतामा सहजता ल्याउने अपेक्षा गरिएको छ।

समीक्षा प्रतिवेदनअनुसार वित्तीय क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको, रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको र चालू खाता घाटा सन्तुलनतर्फ उन्मुख हुँदै गएको सकारात्मक संकेत देखिएका छन्। यद्यपि, निजी क्षेत्रको कर्जा प्रवाह अपेक्षा अनुरूप नबढ्नु, सरकारी पूँजी खर्चको सुस्त गति, आयात-निर्यात असन्तुलन, र औद्योगिक उत्पादनको स्थायित्वमा चुनौती रहेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकले ब्याजदरको न्यूनस्तरका कारण कर्जा प्रवाहमा क्रमशः सुधार आउँदा आर्थिक गतिविधि सशक्त बन्दै गएको र बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापनमा पनि सुधार देखिन थालेको बताएको छ।

समीक्षामा भनिएको छ, “मुद्रास्फीति लक्षित सीमाभन्दा कम छ। तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन आन्तरिक मागको सन्तुलित व्यवस्थापन आवश्यक छ। यसैको आधारमा आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा देखिने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सकिनेछ


सम्बन्धित खबरहरु