वीरगञ्ज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता डोजाङका अध्यक्ष मन्सुर मोहम्मद मियाँले गरेका थिए।
उक्त अवसरमा ८ जना खेलाडीलाई पहेँलो बेल्ट, ८ जनालाई सेतो बेल्ट, २ जनालाई हरियो बेल्ट र १ जनालाई रातो बेल्ट प्रदान गरिएको थियो।
ग्रेडिङ प्रक्रियामा अमन सर्राफ, आदर्श कुमार, अहाना खान, युना तामाङ, आरुसी कुमारी, सुलभ थारू, सुलध उपाध्याय, देवांश वंशल, रूस्तम अंसारी, रञ्जित कुमार साह, ममता कुमारी, सुमित कुमार कुशवाहा, सबनम खातुन लगायतका खेलाडीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमका अध्यक्ष मन्सुर मोहम्मद मियाँले तेक्वान्दो खेल disciplined जीवनशैली र आत्मरक्षा दुवैका लागि उपयोगी रहेको बताउँदै, “यस्ता कार्यक्रमहरूले खेलाडीहरूमा आत्मविश्वास र अनुशासनको विकास हुन्छ,” भने। उनले स्थानीय स्तरमै यस्ता अवसर उपलब्ध गराउँदै लैजान संस्थाले निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।
कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले खेलाडीहरूलाई अझ मेहनत, लगनशीलता र निरन्तर अभ्यासका साथ अगाडि बढ्न सुझाव दिएका थिए।
सहभागी खेलाडीहरूको ग्रेडिङ परीक्षा राजेन्द्र कुमार शाही, बाबुल चौहान र बिक्रान्त डंगोलको टोलीले लिएको थियो।
