वीरगंज,६ जेठ — नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार (आज) छापावाला सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमै स्थिर रहेको छ। यो मूल्य हिजोको तुलनामा कुनै परिवर्तन भएको छैन।
चाँदीको मूल्य भने आज पाँच रुपैयाँले घटेको छ। हिजो तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।
