काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य आज प्रति तोला छ सय रुपैयाँले घटेको छ। शुक्रबार एकैदिन तीन हजार रुपैयाँले उकालो लागेको सुनको भाउ आज केही घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रति तोला एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सोही सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा थियो।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। चाँदीको भाउ शुक्रबारकै दरमा स्थिर रहँदै आज पनि प्रति तोला एक हजार ९४५ रुपैयाँमा कायम रहेको महासङ्घले जनाएको छ।
