आज:  | Tue, 21, Apr, 2026

आज विश्व उच्च रक्तचाप दिवस : ‘ब्लडप्रेशर’ मापन र नियन्त्रणमा जोड

Avatar photo दिशा निर्देश ४ जेष्ठ २०८२, शनिबार १०:१७ मा प्रकाशित (११ महिना अघि)

काठमाण्डौ — विश्वभर आज (मे १७) को दिन विश्व उच्च रक्तचाप दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइरहेका छन्।

यस वर्षको नारालाई ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्’ भनिएको छ। बेलाबेला रक्तचाप मापन गर्नुपर्ने, यसको सही तरिकाले निगरानी र व्यवस्थापन गर्नु पर्ने सन्देश यस नारामार्फत प्रवाह गरिएको छ।

चिकित्सकहरूका अनुसार, बदलिँदो जीवनशैली, प्रशोधित तथा प्याकेटमा पाइने खाद्यपदार्थहरूको अत्यधिक सेवन, व्यायामको कमी, मानसिक तनाव र व्यस्त जीवनशैलीका कारण उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन को जोखिम बढिरहेको छ।

सामान्यतया रक्तचापको सिस्टोलिक (माथिल्लो) १२०डायास्टोलिक (तल्लो) ८० मिमि. एच.जी. हुनु स्वस्थ मानिन्छ। यसभन्दा बढी भएमा हृदयाघात, मिर्गौलाको समस्या, पक्षघात लगायत गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छन्।

सन् २००५ देखि प्रत्येक वर्ष यो दिवस मनाउने प्रचलन सुरु गरिएको हो। चिकित्सकहरू उच्च रक्तचापलाई ‘साइलन्ट किलर’ पनि भन्छन्, किनभने प्रारम्भिक लक्षण नदेखिने भएकाले धेरैले समयमै थाहा पाउँदैनन्। त्यसैले नियमित परीक्षण, स्वस्थ जीवनशैली र सन्तुलित आहारको अभ्यास अत्यावश्यक मानिन्छ।


सम्बन्धित खबरहरु