आज:  | Tue, 21, Apr, 2026

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर: दुई सयभन्दा बढीको स्वास्थ्य परीक्षण

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०८२, शुक्रबार ११:२४ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज। घडिअर्वा पोखरी परिसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा आयोजित एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ। स्थानीय बासिन्दा, विशेष गरी बिहान मर्निङ वाक गर्न आउनेहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा २ सय ८ जना बिरामीहरूले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरको अध्यक्षता अस्पतालका निर्देशक डा. इसरत जहाँ अन्सारीले गरेका थिए। शिविरमा जनस्वास्थ्यका विविध पक्षमा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो। अस्पतालका विशेषज्ञ चिकित्सक तथा इन्कर्नल स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा सम्पन्न शिविरमा डा. इमरान अली, डा. उदित यादव, डा. मो. राशिद कलाम (पिजी) र डा. विवेक भारतीले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए।

नर्सिङ सेवामा बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली खटिएको थियो। शिविरमा सहभागी बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, पेटसम्बन्धी गडबडी, श्वासप्रश्वासका समस्या र सामान्य संक्रमणजस्ता स्वास्थ्य समस्या प्रमुख रूपमा देखिएको थियो।

जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस शिविरलाई सफल र प्रभावकारी बनाइएको आयोजकहरूले बताएका छन्। यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा अन्य स्थानहरूमा पनि विस्तार गर्ने तयारी भइरहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रेस प्रतिनिधि आसिक अन्सारीले जानकारी गराएका छन्।


सम्बन्धित खबरहरु