आज:  | Tue, 21, Apr, 2026

आजदेखि ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ प्रदर्शनमा

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०८२, शुक्रबार ११:१० मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज। आजदेखि दुई नयाँ नेपाली चलचित्रहरू ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ देशभरका हलहरूमा प्रदर्शनमा आएका छन्।

हास्य विधामा आधारित चलचित्र ‘हेल्लो काँशिराम’ मा अभिनेता दिलीप रायमाझी मुख्य भूमिकामा देखिएका छन्। चलचित्रमा सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), र भगेरी डन लगायतका कलाकारको विशेष अभिनय समावेश गरिएको छ।

रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्।

चलचित्रका निर्माता पी.बी. थापा हुन् भने छायांकन यम आले, सम्पादन तथा रङ्ग संयोजन मित्र डी. गुरुङले गरेका छन्। नृत्य निर्देशन कविराज गहतराजले, द्वन्द्व निर्देशन शंकर महर्जनले तथा संगीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका हुन्।

चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको स्वर सुन्न सकिन्छ।

आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र ‘के घर के डेरा घर नं. २’ सामाजिक विषयवस्तुमा आधारित छ। चलचित्रको निर्देशन दीपेन्द्र के. खनालले गरेका छन् भने कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन्।

चलचित्रमा उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्टको अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।


सम्बन्धित खबरहरु