आज:  | Tue, 21, Apr, 2026

पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०८२, शुक्रबार ११:०३ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज। नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ भाउ घटाएको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५४ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १३९ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ र डिजेल–मट्टीतेलको १४१ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ तथा डिजेल–मट्टीतेलको १४२ रूपैयाँ पर्नेछ ।


सम्बन्धित खबरहरु