आज:  | Tue, 21, Apr, 2026

महिला टी–२० विश्वकप एशिया छनोटमा आज बहराइन र हङकङ खेल्दै

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०८२, शुक्रबार १०:३७ मा प्रकाशित (११ महिना अघि)

काठमाडौँ, २ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज हङकङ र बहराइन भिड्दै छन्। बैंककस्थित एआईटी मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने यस खेलले नेपालको सुपर थ्री यात्रा सुनिश्चित हुन्छ कि हुँदैन भन्ने टुङ्गो लगाउनेछ।

नेपाल सुपर थ्रीमा पुग्न हङकङले यो खेलमा हार्नुपर्नेछ। यदि खेल बराबरीमा टुंगिन्छ भने हङकङ नेट रनरेटको आधारमा नेपालभन्दा अघि रहँदै सुपर थ्रीमा स्थान बनाउनेछ।

यसअघि बिहीबार भएको खेलमा नेपालले बहराइनलाई डकवर्थ–लुईस–स्टर्न (DLS) विधि अनुसार ६ विकेटले हराउँदै महत्त्वपूर्ण जित हात पारेको थियो।
सो जितसँगै नेपालले समूह ‘सी’ मा ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै, ३ खेलमा ४ अंकसहित हङकङ दोस्रो स्थानमा रहेको छ भने बहराइन ३ खेलमा १ अंकसहित पुछारमा छ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी ९ टोलीलाई तीनवटा समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोली सुपर थ्री चरणमा प्रवेश गर्नेछ।
सुपर थ्रीको शीर्ष दुई टोलीले आगामी ग्लोबल छनोटमा स्थान बनाउनेछन्।


सम्बन्धित खबरहरु