आज:  | Tue, 21, Apr, 2026

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०८२, शुक्रबार १०:२९ मा प्रकाशित (११ महिना अघि)

जेठ,२ बुटवल । कपिलवस्तुमा शुक्रबार बिहान मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–१ बसन्तपुर निवासी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको ज्यान गएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले बिहान करिब ५:४५ बजे उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

घटनापछि कार चालक सैनामैना नगरपालिका–५, रुपन्देही निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु