आज:  | Tue, 21, Apr, 2026

रुसी सेनामा नेपाली भर्ना नगर्न ओलीको सन्देश पुटिनलाई

Avatar photo दिशा निर्देश २ जेष्ठ २०८२, बिहीबार १६:१२ मा प्रकाशित (११ महिना अघि)

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपाली नागरिकको भर्ती रोक्न स्पष्ट सन्देश दिँदै सो सन्देश राष्ट्रपति भ्यादिमिर पुटिनसम्म पुर्‍याउन आग्रह गरेका छन् ।

काल्मिकिया गणराज्यका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालीलाई विदेशी सेनामा भर्ना नगरियोस् भन्ने नेपाल सरकारको स्पष्ट नीतिबारे जानकारी गराए ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको स्मरण गराउँदै, नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ती नगरिनु पर्ने माग राखेका हुन् । सो सन्देश राष्ट्रपति पुटिनसम्म पुर्‍याउन प्रतिनिधिमण्डललाई अनुरोध गरिएको ओली सचिवालयले जनाएको छ ।

भेटको क्रममा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पनि गरेका छन् ।


सम्बन्धित खबरहरु