काठमाडौं, १ वैशाख — पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्ती नजिकै बुधबार दिउँसो भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिकसहित ३० जना घाइते भएका छन्।
दुर्घटनामा परेको बसमा जम्मा ३० जना सवार थिए, जसमा चालक र सहचालकबाहेक सबै भारतीय नागरिक रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले जानकारी दिए। उनका अनुसार दुईजनाको अवस्था सामान्यभन्दा गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य छ। सबै घाइतेको उपचार पोखरास्थित मेडिकल कलेजमा भइरहेको छ।
घाइते बसयात्रीहरू भारतको छत्तीसगढ राज्यबाट आएका थिए। उनीहरू मंगलबार राति ४९ जनाको समूहमा पोखरा भ्रमणका लागि आइपुगेका थिए। बुधबार बिहान उनीहरूले दुई वटा रिजर्भ बसमार्फत पोखरा–२२ पुम्दीभुम्दीस्थित विशाल महादेवको मूर्ति दर्शन गरेका थिए। फर्कने क्रममा बसमध्ये एक दुर्घटनामा परेको हो। बसमा सवार प्रदीप वरनवालले दुर्घटनाबारे जानकारी दिएका हुन्।
दुर्घटनामा घाइते हुनेहरूमध्ये पहिचान खुल्न आएका नामावली यस्तो छ:
१. दिनेश क्षेत्री, २७ वर्ष, पोखरा–११ (चालक)
२. कृष्ण सुवेदी, ३० वर्ष, पोखरा–१ (सहचालक)
३. त्रिलोकीनाथ वरनवाल, ५३ वर्ष, छत्तीसगढ, भारत
४. दिलीप कुमार साहु, ६७ वर्ष, छत्तीसगढ
५. कोमल राय साहु, ६१ वर्ष, छत्तीसगढ
६. जयन्ती वार्ड दिवागन, ७० वर्षीया, छत्तीसगढ
७. बिष्णु यादव, ६५ वर्ष, छत्तीसगढ
८. रेखा साहु, ६५ वर्षीया, छत्तीसगढ
९. चिराक साहु, १२ वर्ष, छत्तीसगढ
१०. निर्मला चावके, ६० वर्ष, छत्तीसगढ
११. रमेश चावके, ७० वर्ष, छत्तीसगढ
१२. रितेश गुप्ता, ३६ वर्ष, छत्तीसगढ
१३. शिव प्रसाद, ५९ वर्ष, छत्तीसगढ
१४. रमेश नाथ, ५७ वर्ष, छत्तीसगढ
१५. प्रदीप वरनवाल, ४८ वर्ष, छत्तीसगढ
१६. संगिता वरनवाल, ४२ वर्षीया, छत्तीसगढ
१७. किरण वरनवाल, ४५ वर्ष, छत्तीसगढ
१८. भवे साहु, ११ वर्ष, छत्तीसगढ
१९. चाम्रुराम साहु, ७८ वर्ष, छत्तीसगढ
२०. टिकाराम साहु, ४३ वर्ष, छत्तीसगढ
21. सिहु चरण साहु, ६१ वर्ष, छत्तीसगढ
२२. आई.एस. नाथ, ७० वर्ष, छत्तीसगढ
२३. दीपकला मिश्र, ४५ वर्षीया, छत्तीसगढ
२४. अनिता शर्मा, ३८ वर्षीया, छत्तीसगढ
२५. कामिनी साहु, ५० वर्षीया, छत्तीसगढ
२६. थागुराम साहु, ६७ वर्ष, छत्तीसगढ
२७. राम दुलाहा देवागन, ७३ वर्ष, छत्तीसगढ
२८. मायाराम साहु, ८२ वर्ष, छत्तीसगढ
२९. सुमिती साहु, ७० वर्षीया, छत्तीसगढ
३०. मुकुन कुमार साहु, १३ वर्ष, छत्तीसगढ
