आज:  | Tue, 21, Apr, 2026

ठोरी गाउँपालिका–१ को वृद्धाश्रममा उपकार सेवा नेपालको खाद्यान्न सहयोग

Avatar photo दिशा निर्देश १ जेष्ठ २०८२, बुधबार १८:१३ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज, ३१ बैशाख — पर्साको ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्धाश्रममा परोपकारी संस्था उपकार सेवा नेपालले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।

अपांगता भएका व्यक्ति तथा वृद्धवृद्धा गरी २२ जना बसोबास गरिरहेको उक्त आश्रममा उपकार सेवा नेपालले नियमित रूपमा सहयोग गर्दै आएको छ। त्यसैअनुसार, बैशाख महिनाको सहयोग पनि बुधबार प्रदान गरिएको हो।

संस्थाकी अध्यक्ष विद्या सरावगीले आश्रम सदस्य रामबहादुर थिङमार्फत ६० केजी चामल, २० केजी पिठो, १० केजी दाल, १० केजी चिनी, १० केजी सोयाबिन, ५ लिटर खानेतेल, साथै नून, सर्फ, साबुन र ५ लिटर फिनाइल हस्तान्तरण गरेकी हुन्।

सामाजिक अभियन्ता प्रकाश थारुले संस्थाले लामो समयदेखि समाजसेवामा सक्रिय भूमिका खेलिरहेको बताउँदै यस्ता सहयोगले सेवाग्राहीहरूको दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।


सम्बन्धित खबरहरु