आज:  | Tue, 21, Apr, 2026

कलैया अस्पतालमा उपराष्ट्रपतिबाट नवनिर्मित ब्लड बैंक भवनको उद्घाटन

Avatar photo दिशा निर्देश १ जेष्ठ २०८२, बुधबार १८:०३ मा प्रकाशित (११ महिना अघि)

बारा, ३१ बैशाख — बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा निर्माण सम्पन्न भएको नवनिर्मित ब्लड बैंक भवनको बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समुद्घाटन गरेका छन्।

छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशिक अस्पतालको सहकार्यमा उक्त भवन निर्माण गरिएको हो। समुद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदानजस्ता मानवीय कार्यहरू समाजका लागि अत्यावश्यक र मूल्यवान् हुने बताउँदै ब्लड बैंकको स्थापनाले जिल्लाका हजारौं बिरामीलाई सहज र सुरक्षित रक्त आपूर्ति सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरण जडान गरिएको र सेवा सञ्चालनका लागि दक्ष जनशक्ति परिचालन गरिएको जानकारी दिए।

समारोहमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह लगायत जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु