आज:  | Tue, 21, Apr, 2026

भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंमा प्रदर्शन

Avatar photo दिशा निर्देश ३० बैशाख २०८२, मंगलवार १४:३७ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं । नेपालको भूमि भारतमा गाभ्ने नियतसहित महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण गरेको भन्दै भारतीय हस्तक्षेप विरुद्ध काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ।

मंगलबार ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’को आयोजनामा भएको प्रदर्शनमा सहभागिहरूले भारत सरकारको कार्यशैलीको विरोध गरेका थिए। उनीहरूले नेपालमाथिको हस्तक्षेप तुरुन्त बन्द गर्न माग गर्दै नारा लगाएका थिए।

प्रदर्शनकारीहरूले ‘इण्डियन हस्तक्षेप मुर्दावाद’, ‘नेपालमाथिको हस्तक्षेप बन्द गर’, ‘राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर’, ‘गोर्खा भर्तीमा भएको सम्झौता खारेज गर’, ‘मिटरब्याज पीडितको सम्पत्ति फिर्ता गर’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।


सम्बन्धित खबरहरु