आज:  | Tue, 21, Apr, 2026

नेपाली बजारमा सुनको मूल्यमा दुई हजारले गिरावट, चाँदी भने महँगियो

Avatar photo दिशा निर्देश ३० बैशाख २०८२, मंगलवार १२:१९ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं — नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार भने सोही सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। वर्तमान दरअनुसार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।


सम्बन्धित खबरहरु