वीरगञ्ज — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगञ्ज महानगरपालिका समितिको दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनले आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय नयाँ महानगर कमिटी गठन गरेको छ।
नवगठित कमिटीमा सुजित मण्डल र तुफैर अन्सारी उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै, अभिषेक मिश्र सचिव, अंकित श्रीवास्तव सह–सचिव र सुशमा चौधरी कोषाध्यक्ष भएका छन्।
कमिटीका सदस्यहरूमा शनि गिरि, विशाल गुप्ता, कुवेर थापा, साहिल सराफ, विकास यादव, उदय महतो, अमान अन्सारी, नितु सोनी, जेयाद अन्सारी, साहिल अन्सारी, कृष्ण मण्डल, विवेक गिरि, मधु राम, खुशबु यादव र रिमा यादव छन्।
अधिवेशनपछिको पहिलो बैठकले छिटो जिल्लास्तरीय अधिवेशन सम्पन्न गर्ने र त्यसका लागि केन्द्रमा प्रतिनिधि पठाउने निर्णय गरेको छ। साथै, वीरगञ्ज महानगरका ३२ वटै वडामा संगठन विस्तार गर्ने योजना अघि सारिएको छ। बैठकमा आउँदो जेष्ठ ३ गते १६औं जिल्ला अधिवेशन गर्ने तयारीबारे पनि विस्तृत छलफल गरिएको थियो।
