आज:  | Tue, 21, Apr, 2026

सिरहाको मिर्चैयामा टिपर दुर्घटना, चालकको मृत्यु

Avatar photo दिशा निर्देश ३० बैशाख २०८२, मंगलवार ०८:१९ मा प्रकाशित (११ महिना अघि)

३० वैशाख, । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार आज बिहान करिब ५:४५ बजे उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले जानकारी दिए।


सम्बन्धित खबरहरु