आज:  | Tue, 21, Apr, 2026

संसदमा आज बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

Avatar photo दिशा निर्देश ३० बैशाख २०८२, मंगलवार ०७:३६ मा प्रकाशित (११ महिना अघि)

संघीय संसदको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि र राष्ट्रिय सभा बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार दुवै सदनको बैठकमा कर प्रस्ताव बाहेकका बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारले पेश गरेको नीति तथा कार्यक्रम पनि बहुमतले पारित भएको थियो।

संविधान अनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार सरकारले आवश्यक तयारी गरिरहेको छ।


सम्बन्धित खबरहरु