बीरगञ्ज, २९ वैशाख — राजधानी काठमाडौंमा सम्पन्न मिस्टर नेसनल २०२५ को प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा बीरगञ्जका अजहर आलमले दुई उपाधि जित्दै नगरको गौरव बढाएका छन्।
आलमले प्रतियोगितामा ‘पब्लिक च्वाइस २०२५’ र ‘सेकेन्ड रनर अप’ उपाधि जित्न सफल भएका हुन्। यी दुवै उपाधि जित्ने उनी बीरगञ्जका पहिलो प्रतियोगी बनेका छन्, जसले राष्ट्रिय स्तरमा यस्तो सफलता प्राप्त गरेका हुन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका आलमलाई बीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुले एक कार्यक्रमका बीच विशेष सम्मान प्रदान गरेका छन्। सम्मान कार्यक्रममा वडाध्यक्ष कानुसँगै स्थानीय समाजसेवी, युवा नेताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
अलामले आफ्नो सफलतामा परिवार, मित्र, प्रशिक्षक तथा बीरगञ्जवासीको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा अझ मेहनत गरेर देश तथा शहरको नाम उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
