आज:  | Tue, 21, Apr, 2026

एकैदिन सुनको भाउ ३७ सयले घट्यो, चाँदी पनि सस्तो

Avatar photo दिशा निर्देश २९ बैशाख २०८२, सोमबार १२:२६ मा प्रकाशित (११ महिना अघि)

काठमाण्डौ — सुनको मूल्य आज एकैदिन ३ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मात्रै सुनको मूल्य तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँ रहेको थियो। सोहीअनुसार आजको मूल्य हिजोको तुलनामा ३ हजार ७ सय रुपैयाँले घटेको हो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ।


सम्बन्धित खबरहरु