वीरगन्ज, २९ बैशाख: भगवान् गौतम बुद्धको २६४९ औं जन्मजयन्ति वीरगन्जमा विविध कार्यक्रमका साथ श्रद्धा र भव्यताका साथ मनाइएको छ।
सोमबार बिहान बुद्ध जयन्तिको अवसरमा वीरगन्ज बौद्ध समितिको अगुवाइमा प्रभातफेरि निकालिएको थियो। माईस्थान पार्कबाट सुरु भएको प्रभातफेरि घण्टाघर, लिंक रोड, बसपार्क हुँदै भिस्वा डाँडास्थित बौद्ध स्तूपमा पुगेर समापन भएको थियो।
कार्यक्रममा वीरगन्ज जेसिज्, गौतम मावि, माउन्ट मकालु स्कूल लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो। बौद्ध स्तूप परिसरमा पुगेर सहभागीहरूले विश्व शान्तिको कामना गर्दै पूजा तथा सामूहिक प्रार्थना गरेका थिए।
त्यसैगरी, बुद्ध विहार तथा गुम्बामा लामागुरुहरूले विशेष पूजा, मन्त्रपाठ र ध्यान कार्यक्रम सञ्चालन गरेका थिए।
वीरगन्ज बौद्ध समितिका अध्यक्ष डा. दीपक शाक्यको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा आयोजित सामूहिक प्रार्थना कार्यक्रममा वीरगन्ज जेसिजका अध्यक्ष सरोज चौरसिया, बौद्ध समितिका सचिव सुन्दर श्रेष्ठ तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति थियो।
यदि
