२९, वैशाख – तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) विरुद्ध प्रहरीले थप दुई दिनको म्याद लिएको छ।
आइतबार सुकेधाराबाट पक्राउ परेका मोरङ, विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय बस्नेतविरुद्ध अनुसन्धानका लागि अदालतबाट दुई दिनको म्याद थपिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।
उनलाई आपराधिक उपद्रवको आरोपमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा अन्य कसुरहरू खुलेमा सोसमेत अनुसन्धानमा समेटिने बताइएको छ।
यसअघि, चैत १५ गते तीनकुने क्षेत्रमा भएको आगजनी तथा तोडफोड घटनामा बस्नेत संलग्न रहेको प्रहरीले दाबी गरेको छ।
