काठमाडौं २८ बैशाख : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेर एक लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य एक हजार ४ सय रूपैयाँले घटेर एक लाख ९० हजार ८ सय रूपैयाँमा कायम भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुन प्रतिऔंस ३,३२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
