आज:  | Tue, 21, Apr, 2026

लगानीमैत्री वातावरण बिना अर्थतन्त्रमा गति आउँदैन : अर्थमन्त्री पौडेल

Avatar photo दिशा निर्देश २८ बैशाख २०८२, आईतवार ११:१० मा प्रकाशित (११ महिना अघि)

काठमाडौँ २८ बैशाख : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई गति दिन लगानीमैत्री वातावरण निर्माण अपरिहार्य रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को पूर्व–बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आर्थिक सुधारका लागि निजी क्षेत्रको भूमिकालाई अझ सशक्त बनाउनु पर्ने आवश्यकता औँल्याए।

“निजी क्षेत्रको मनोबल बढाएर मात्र रोजगारी सिर्जना र आर्थिक पुनरुत्थान सम्भव छ,” उनले भने।

अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न वर्तमान सरकारले गम्भीर प्रयास गरिरहेको उल्लेख गर्दै उनले सरकार गठनसँगै आर्थिक सुधार सुझाव आयोग गठन गरिएको जानकारी दिए।

पौडेलले अध्यादेशमार्फत आवश्यक विधेयकहरू ल्याएर कानुनी संरचनाको सुधार र बजेटमार्फत आवश्यक नीतिगत व्यवस्था गर्ने तयारी भइरहेको बताए।

“निजी क्षेत्रका आवाज सुन्न र तिनको समस्यालाई सम्बोधन गर्न सरकारले प्रतिबद्धता देखाएको छ,” उनले भने। “पेस भएका सुझावहरूलाई यथासम्भव आगामी बजेटमा समेट्ने सरकारको सोच छ।”


सम्बन्धित खबरहरु