आज:  | Tue, 21, Apr, 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा टिपर पल्टिँदा सडक अवरुद्ध

Avatar photo दिशा निर्देश २८ बैशाख २०८२, आईतवार ०९:०७ मा प्रकाशित (११ महिना अघि)

चितवन, २८ वैशाख — मुग्लिन–नारायणगढ सडकखण्डको तुईनखोला भन्ने स्थानमा टिपर पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान करिब ७ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला लोड गरिएको टिपर अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक दुबैतर्फ फैलिँदा सडकका दुवै लेन बन्द भएका छन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा टोली खटिई सडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनास्थल मुग्लिनबाट करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ।


सम्बन्धित खबरहरु