आज:  | Tue, 21, Apr, 2026

वाईसीएल वीरगञ्ज महानगरको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा विकास पटेल चयन

Avatar photo दिशा निर्देश २१ बैशाख २०८२, आईतवार ०९:४४ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज २१ बैशाख : नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल, वीरगञ्ज महानगर कमिटीको प्रथम सम्मेलन भव्यरूपमा सम्पन्न भएको छ।

सम्मेलनले सर्वसम्मत रूपले  विकास पटेललाई अध्यक्षमा चयन गरेको छ भने महानगर इन्चार्जमा महेश पटेलको सिफारिस गरिएको छ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा नेहाल खान, उपाध्यक्षहरूमा प्रियंका खड्का र अरुण साह, सचिवमा निरज साह, सहसचिवहरूमा नितेश साह र मोहम्मद उडक्न सिद्दिकी तथा कोषाध्यक्षमा पंकज राम चयन भएका छन्। सम्मेलनबाट ४१ सदस्यीय नगर कमिटी गठन गरिएको छ।

उक्त कार्यक्रम पार्टी केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजय महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रामदरश कुशवाहा, बालेश्वर थारु, बाबुराम कौशिक, सुरेन्द्र गुप्ता, मोहम्मद कदम रसुल, पूर्व प्रदेशसभा सदस्य पश्मिना कादरी, वाईसीएल केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज सन्तोष पटेल, जिल्ला संयोजक दीपेन्द्रसिंह पटेल लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु