आज:  | Tue, 21, Apr, 2026

वीरगंजको नारायणाी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु

Avatar photo दिशा निर्देश १७ बैशाख २०८२, बुधबार २२:४४ मा प्रकाशित (११ महिना अघि)

वीरगंज । वीरगंजको नारायणाी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु भएको हो ।

सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको योजना अनुरुप गत भदौ २५ गतेदेखि नारायणी अस्पतालमा क्यान्सर ओपिडी सेवा सञ्चालन भइरहेको छ । सात प्रदेशमध्ये मधेश र कोशी प्रदेशमा क्यान्सर उपचार सेवा प्रदान गर्नका लागि प्राविधिक सहयोग गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो ।

यसअघि नारायणी अस्पतालले क्यान्सर स्क्रिनिंग तथा ओपिडी सेवा मात्रै प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्वल चालिसे बताए । डा.चालिसेले भने ‘अब क्यान्सर उपचारका लागि काठमाडौं लगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

नारायणी अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी एक महिलालाई किमोथेरापी दिएर उक्त सेवाको सुरुवात गरिएको चालिसेले बताए । आगामी दिनमा प्यालिएटिभ केयर पनि सुरुवात गरिने उनले जानकारी दिए।


सम्बन्धित खबरहरु