आज:  | Tue, 21, Apr, 2026

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?

Avatar photo दिशा निर्देश १२ बैशाख २०८२, शुक्रबार १२:४६ मा प्रकाशित (१२ महिना अघि)

सुनको मूल्य आज घटेको छ। बिहीबार तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो।

गएको मंगलबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य बुधबार प्रतितोला सात हजार पाँचसय रुपैयाँ घटेको थियो।

गएको मंगलबार तोलामा ६ हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। चाँदी आज प्रतितोला २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित खबरहरु