आज:  | Tue, 21, Apr, 2026

प्रदेश खेलकुद परिषद्, मधेस प्रदेशका सदस्य सचिव शिव गुप्ता सम्मानित

Avatar photo दिशा निर्देश ९ बैशाख २०८२, मंगलवार २२:१४ मा प्रकाशित (१२ महिना अघि)

इरफान अंसारी / वीरगञ्ज,९ पर्सा – मधेस प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषद्, मधेस प्रदेशका नव नियुक्त संस्थापक सदस्य सचिव शिव गुप्ता कानुलाई पर्सा जुडो संघले विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम पर्सा जुडो संघका अध्यक्ष ओम प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला खेलकुद विकास समिति पर्साका पूर्व सदस्य राजाबाबु रौनियार, साथै सुब्रत श्रेष्ठ, सुनिता अग्रवाल, प्रमोद रौनियार, प्रशिक्षक श्री जंग गण, महम्मद वेश, भोलिन्टियर कोच पर्सा तेक्वान्दो डोजाङका आफताब आलम (राष्ट्रिय तेक्वान्दो खेलाडी) लगायतको उपस्थिति थियो। कार्यक्रमको उद्घोषण पर्सा जुडो कोच पृथ्वी आलोकले गरेका थिए।

कार्यक्रममा बाेल्दै शिव गुप्ताले भने,”खेल क्षेत्रको विकासमा पर्सा जिल्लाको योगदान सदैव महत्वपूर्ण रहँदै आएको छ। म स्वयं पनि यसै मैदानबाट हुर्किएको एक खेलकर्मी हुँ। अहिलेको यो जिम्मेवारीसँगै सम्पूर्ण मधेस प्रदेशमा खेल पूर्वाधारको विकास, खेलाडीको संरक्षण तथा प्रशिक्षणको गुणस्तर वृद्धिमा पूर्ण प्रतिबद्धता रहनेछ। पर्सा जुडो संघबाट पाइएको यो सम्मानले मलाई अझै प्रेरित र जिम्मेवार बनाएको छ। यसप्रति म आभार प्रकट गर्दछु।

उनले आगामी दिनहरूमा खेलकुदसँग सम्बन्धित संघसंस्थाहरूको समन्वयमा नीतिगत तथा संरचनागत सुधारमा प्राथमिकता दिइने पनि जानकारी दिए।

कार्यक्रममा सहभागी अतिथिहरूले पनि नव नियुक्त सचिव गुप्तालाई बधाई ज्ञापन गर्दै भविष्यमा उनले प्रदेशको खेल क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।


सम्बन्धित खबरहरु