काठमाडौं,९ वैशाख :यही वैशाख ११ गतेदेखि निर्धारित कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको हो।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको थियो। परीक्षा हुने वा नहुने अन्योलले गर्दा देशभरका करिब साढे पाँच लाख विद्यार्थी मानसिक तनावमा थिए।
शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने भन्दै आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालन भए पनि आफूहरू सहभागी नहुने अडान लिँदै आएका थिए।
नयाँ मिति तय नहुञ्जेलसम्म परीक्षा स्थगित रहने परीक्षा बोर्डले स्पष्ट पारेको छ।
