आज:  | Tue, 21, Apr, 2026

इजरायली सेनाले गाजामा आपतकालीन सेवाका कर्मचारीको मृत्युमा गल्ती स्वीकार

Avatar photo दिशा निर्देश ८ बैशाख २०८२, सोमबार ०९:०४ मा प्रकाशित (१ साल अघि)

इजरायली सेनाले गएको महिना गाजामा भएको एक घटनामा १५ जना आपतकालीन सेवा क्षेत्रमा कार्यरत डाक्टर तथा कर्मचारीको मृत्युमा आफ्नै गल्ती भएको स्वीकार गरेको छ।

घटनाको छानबिनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा सेनाले आन्तरिक कमजोरीका कारण उक्त दु:खद घटना घटेको जनाएको छ। सेनाले छानबिनको क्रममा अपूर्ण तथा गलत सूचना दिएको पाइएका अधिकारीलाई बर्खास्त गरिएको समेत उल्लेख गरिएको बीबीसीले जनाएको छ।

उक्त घटना मार्च २३ मा भएको हो। घटनाको बेला प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीद्वारा प्रयोग गरिएका एम्बुलेन्सहरू, संयुक्त राष्ट्र सङ्घको सवारीसाधन तथा दमकल गाडीहरू सँगै गइरहेका थिए। इजरायली सेनाले यी गाडीहरूमाथि गोली चलाएको थियो, जसको परिणामस्वरूप १४ जना आपतकालीन सेवा कर्मचारी र एक जना संयुक्त राष्ट्र सङ्घका कर्मचारीको ज्यान गएको थियो।

इजरायली सेनाको भनाइ अनुसार, ती गाडीहरू हेडलाइटबिनै अँध्यारोमा शङ्कास्पद रूपमा चलिरहेका थिए, जसका कारण सैनिकहरूले खतरा महसुस गरी गोली चलाएका थिए। साथै, ती सवारीहरू त्यहाँ सञ्चालनमा रहेकोबारे सेना समक्ष पूर्वजानकारी नभएको पनि सेनाले स्पष्ट पारेको छ।


सम्बन्धित खबरहरु