आज:  | Tue, 21, Apr, 2026

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई पनि सरकारी सरह निर्वाह भत्ता दिन चिकित्सा शिक्षा आयोगको निर्देशन

Avatar photo दिशा निर्देश ६ बैशाख २०८२, शनिबार ०९:०८ मा प्रकाशित (१ साल अघि)

काठमाडौं, ६ वैशाख : चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई पनि सरकारी शिक्षण संस्थामा रहेका आवासीय चिकित्सक सरहको निर्वाह भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको आयोगको सोह्रौँ बैठकले उक्त निर्णय गरेको हो। बैठकमा विभिन्न विश्वविद्यालयहरू तथा तिनअन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूमा स्नातकोत्तर तहमा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहअनुसारको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो।

यद्यपि, निर्णय भएको दुई महिना वितिसक्दा पनि केही संस्थाहरूले अझै कार्यान्वयनमा ल्याएका छैनन्। निर्णय कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाउँदै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

यस्तो अवस्थामा आयोगले सबै विश्वविद्यालय तथा सम्बन्धित शिक्षण संस्थाहरूसँग पत्राचार गरी तत्काल निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।


सम्बन्धित खबरहरु