आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर, १७५ जनाले लिए सेवा

Avatar photo दिशा निर्देश ४ बैशाख २०८२, बिहीबार १४:०५ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज । वीरगञ्ज जेसिजले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम २०२५ अन्तर्गत बिहीबार वीरगञ्जमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्।

वीरगञ्ज जेसिजको सचिवालय अगाडि सम्पन्न उक्त शिविरमा सहभागीहरूको रक्तचाप र मधुमेह (सुगर) परीक्षण निःशुल्क रूपमा गरिएको थियो। शिविरमा एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसिएसनले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।

कार्यक्रम वीरगञ्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वीरगञ्ज जेसिजका पूर्व अध्यक्षहरु मधु राणा, उषा शाह, सन्तोष खनाल, निशान्त लामिछाने, गणेशमान श्रेष्ठ, डा. अरविन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसअघि वीरगञ्ज जेसिजले स्थानीय कलाकारहरूलाई सम्मान गर्नुका साथै वीरगञ्ज पब्लिक कलेजका ४० जना विद्यार्थीलाई जेसिज अभियानसम्बन्धी उत्प्रेरणा तालिमसमेत प्रदान गरिसकेको अध्यक्ष चौरसियाले जानकारी दिए।


सम्बन्धित खबरहरु