आज:  | Tue, 21, Apr, 2026

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँले घट्यो

Avatar photo दिशा निर्देश ३ बैशाख २०८२, बुधबार ११:१६ मा प्रकाशित (१ साल अघि)

पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

(मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

योसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै, काठमाडौं, पोखरा र दिपायलमा भने पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ ।

 


सम्बन्धित खबरहरु