आज:  | Tue, 21, Apr, 2026

भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने : सिडियाे अर्याल

Avatar photo दिशा निर्देश २ बैशाख २०८२, मंगलवार १९:२६ मा प्रकाशित (१ साल अघि)

जाबिर हुसेन /वीरगञ्ज, २ पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमा समाजमा द्वेष, उत्तेजना र तनाव फैलाउने भ्रामक सामग्रीहरू नपोस्ट गर्न, नसेयर गर्न, लाइक वा कमेन्ट समेत नगर्न सर्वसाधारणमा अपील गरेको छ।

प्रशासनले पछिल्लो समयमा वीरगञ्जसँग कुनै सम्बन्ध नराख्ने, तर समाजमा अस्थिरता र तनाव सिर्जना गर्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्ता सामग्रीहरू तत्काल हटाउन अनुरोध गर्दै, त्यस्ता कार्यहरू प्रचलित कानुनअनुसार दण्डनीय हुने स्पष्ट चेतावनी दिएका छन्। साथै, उनले सामाजिक सद्भाव, शान्ति र सुरक्षामा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न र देखेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन्।

 


सम्बन्धित खबरहरु