आज:  | Tue, 21, Apr, 2026

वीरगन्जमा ठाकुरराम क्याम्पस स्ववियु निर्वाचन मतगणना विवाद सामान्य : प्रमुख जिल्ला अधिकारी अर्याल

Avatar photo दिशा निर्देश ७ चैत्र २०८१, शुक्रबार ००:५२ मा प्रकाशित (१ साल अघि)

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको बताएका छन्।

उनका अनुसार मतपेटिका सिल गर्ने क्रममा देखिएको यो सामान्य त्रुटि मात्रै हो, जुन सबै पक्ष बसेर समाधान गर्न सकिने स्थिति रहेको छ। उनले भने, “यो कुनै गम्भीर त्रुटि होइन। मतपत्र सुरक्षित छन्, मतपेटिका सुरक्षित छन्। हामी मतगणनालाई निरन्तरता दिन्छौं, तर क्याम्पस व्यवस्थापन र निर्वाचन समितिका पदाधिकारीहरूको दृष्टिकोण स्पष्ट हुनुपर्छ।”

प्रजिअ अर्यालले क्याम्पस प्रशासन र निर्वाचन समितिको समन्वयमा निष्पक्ष रूपमा मतगणना सुनिश्चित गर्न पहल भइरहेको बताए। उनले भने, “सबैलाई आवश्यक सुरक्षा प्रदान गरी मतगणना गराउने तयारी गरिरहेका छौं।”

उनका अनुसार क्याम्पस प्रशासनबाट भएको सामान्य त्रुटिका कारण यो अवस्था सिर्जना भएको हो। तर यसले निर्वाचनको मूल प्रक्रिया प्रभावित नगर्ने भन्दै उनले सम्बन्धित पक्षलाई संयम अपनाउन आग्रह गरे।


सम्बन्धित खबरहरु