आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि सुरू, ८ टिमको सहभागिता

Avatar photo दिशा निर्देश १५ फाल्गुन २०८१, बिहीबार १९:०९ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज, फागुन १५ – मधेस प्रदेशकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता “वीरगञ्ज गोल्डकप २०८१” को दोस्रो संस्करण आगामी शनिबारदेखि सुरू हुने भएको छ। भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा फागुन १७ गतेदेखि २५ गतेसम्म वीरगञ्जको आदर्शनगर रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आठ उत्कृष्ट टिम को सहभागिता रहने जानकारी गराएको छ। नकआउट चरणमा खेलाइने प्रतियोगितामा निम्न क्लबहरू प्रतिस्पर्धा गर्नेछन् –

संकटा क्लब ,मच्छिन्द्र क्लब ,नेपाल पुलिस क्लब बागमती युथ क्लब, सर्लाही , गरवाल डाइमन्ड फुटबल क्लब, दिल्ली (भारत) एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौं सलहेश फुटबल क्लब, सिराहा आयोजक वीरगञ्ज युनाइटेड क्लब

भेट्रान सिटी क्लब वीरगञ्जका उपाध्यक्ष सागरशमशेर जबरा का अनुसार, “मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्न तथा स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको हो।”

प्रतियोगिताका विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टोलीलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तव का अनुसार, प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताका लागि आदर्शनगर रंगशालामा अस्थायी प्यारापिट निर्माण गरिएको छ, जसमा करिब २ हजार दर्शक अट्ने क्षमता छ। साथै, मैदानको वरिपरि थप ३ हजार भन्दा बढी दर्शक अटाउन सकिने व्यवस्था गरिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिका रहेको छ। मधेस प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा स्थापित वीरगञ्ज गोल्डकपले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।


सम्बन्धित खबरहरु