आज:  | Tue, 21, Apr, 2026

नेपाल विद्यार्थी संघ पर्साद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश ७ फाल्गुन २०८१, बुधबार २०:५० मा प्रकाशित (१ साल अघि)

बीरगंज, पर्सा—राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ, पर्साले बीरगंजको माईस्थान मन्दिर प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघ, पर्साका सचिव फिरोज अन्सारीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस पर्साका प्रतिभाशाली नेता प्रकाश उपाध्यायको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस बीरगंज महानगर समितिका सभापति

मणिन्द्र लाल नेपाली, महाधिवेशन प्रतिनिधि मिन्टु सिंह, नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज साह, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने उपस्थित थिए।

त्यस्तै, अतिथिहरूमा नेपाली कांग्रेस जिल्ला सदस्य पुरुषोत्तम दुबे, ट्रेड युनियनका नेता विजय पौडेल, युवा नेता दिलीप राज कार्की, बाबुनन्द कुर्मी, महिला नेत्री मनोजा चौधरी, नेपाल विद्यार्थी संघका उप-सभापति बर्कत अली, राहुल पटेल, सचिव पवन पटेल, विक्रम राज, विकास मण्डल लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरिएको थियो, जसमा प्रमुख अतिथिले प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त अधिकार, व्यवस्था तथा यसको अभ्यासका विषयमा विशेष रूपमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादवले गर्नुभएको थियो।


सम्बन्धित खबरहरु