आज:  | Tue, 21, Apr, 2026

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा

Avatar photo दिशा निर्देश ६ फाल्गुन २०८१, मंगलवार ११:४३ मा प्रकाशित (१ साल अघि)

इटहरी । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडियाले बुधबार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे अवार्ड कार्यक्रम गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको अधिकारीले बताए ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्‌घाटन गर्ने आयोजकले बताएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलाको पनि सहभागि हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु