आज:  | Sat, 08, Feb, 2025

आम जनता पार्टीका नेताहरू माओवादी केन्द्रमा प्रवेश

Avatar photo दिशा निर्देश २१ माघ २०८१, सोमबार २२:५४ मा प्रकाशित (४ दिन अघि)
Share

वीरगञ्ज – प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का शीर्ष नेताहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा आजपाका केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख बाबुराम कौशिक, पोलिटब्युरो सदस्य एवं पर्सा इन्चार्ज कदम रसुलसहित दर्जनौँ नेता कार्यकर्ताले माओवादी केन्द्रको सदस्यता ग्रहण गरेका हुन्।

व्यापार महासङ्घका केन्द्रीय सदस्य विदुर गुप्ता, प्रदेश नेताहरू अफताब अहमद, सञ्जीव गुप्ता, दिलीप गुप्ता, विकास पटेल, सुनिल मोदी, नारायण देवान, नुर मियाँ, आकाश पटेल, सोनालाल मण्डल, चुनु महतो नुनिया लगायतका प्रभावशाली अनुहारले समेत माओवादी केन्द्रको झन्डा उठाएका छन्। साथै, एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानाध्यापक शत्रुधन गिरी पनि माओवादी केन्द्रमा सामेल भएका छन्।

नवप्रवेशी नेताहरूलाई खुमलटारस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा ओढाएर स्वागत गरे। स्वागत समारोहमा बोल्दै उनले पुराना कम्युनिस्टहरू माओवादी केन्द्रमा फर्किन थालेको उल्लेख गर्दै यसले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

“कम्युनिस्टबीच एकता आवश्यक छ। पहिले बाटो बिराएका साथीहरू फिर्ता आउन थालेका छन्, यो क्रम जारी रहनेछ,” प्रचण्डले भने।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्साका पूर्व अध्यक्ष रामदरश कुश्वाहा, पूर्व नगर सचिव सुरेन्द्र गुप्ता लगायतका नेताहरूको उपस्थिति थियो।


सम्बन्धित खबरहरु