जोतिलाल पंडित
वीरगञ्ज,१५माघ । वीरगञ्जस्थित वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलमा पनि मंगलबार नेपाल नर्सिङ दिवस मनाइएकाे छ।हरेक बर्ष माघ १५ मा नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ ।नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो।
नेपाल नर्सिङ दिवसको अवसरमा वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलका सञ्चालक तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबु प्रसादले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिए ।
नर्सिङ दिवसकै अवसर पारेर बिरामीहरूलाई फलफूल वितरणपनि गरिएकाे थियो ।कार्यक्रममा वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलका प्रशासन प्रमुख सुमन कार्की, अस्पतालमा कार्यरत नर्स, कर्मचारी लगायत सहभागी थिए ।